कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा बस्ने डाक्टरलाई कारवाही हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० आश्विन २०७१, शुक्रबार २०:४५

काठमाडौँ ,१० असोज । सरकारले कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्ने सरकारी चिकित्सकलाई कारवाही गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सरकारी अस्पतालका काम नगरी विरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाउने चिकित्सकमाथि कालोबजारी गरेको अभियोग लगाएर कारवाही गरिने बताउनुभयो ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १५ औं वार्षिकोत्सवको शुक्रबार चितवनको भरतपुरमा उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले सरकारी अस्पतालका चिकित्सकलाई अस्पतालमै विस्तारित सेवा संचालन गर्न दिनका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले अस्पतालको काम छोडेर निजी अस्पताल धाउने चिकित्सकलाई भने सरकारले कुनै पनि वहानामा उन्मुक्ति नदिने बताउनुभयो ।images (1)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि असोज १ गतेदेखि लागू हुने गरी चिकित्सकहरुले विरामी जाँचे वापत लिन पाउने शुल्क पनि तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले चिकित्सकहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिए÷नलिएको बारेमा स्थानीय प्रशासनबाट अनुगमनको व्यवस्था मिलाइएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१