राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा किमोलुङ फाउण्डेसन नेपालद्वारा वडा ११ लाई स्वास्थ्य सामग्री प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७८, बुधबार ०७:२०

काठमाडौं । किमोलुङ फाउण्डेसन नेपालले बुढानिलकण्ठ नगरपालिका वडा ११ मा स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा किमोलुङ फाउण्डेसन नेपालले वडा कार्यालयमा  उक्त सामग्री प्रदान गरेको हो। संघका अध्यक्ष मुकुन्द ढुंगाना र फाउण्डेसनका अध्यक्ष वान्ग्चु राप्तेंन लामाले  वडा अध्यक्ष राजु अधिकारी र सदस्य बिनोद तामांगको उपस्थितिमा किमोलुङ फाउण्डेसन नेपालले मास्क ५ सय  पिस, ग्लव ५ सय जोडी, फेससिल ५० थान र सेनिटाइजर ५० पिस उपलब्ध गराएको छ ।

विभिन्न संकटमा मानवीय सेवा र सहयोग गर्दै आएको बताउदै लामाले  आगामी दिनमा पनि स्थानीय सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए। स्वास्थ्य सामाग्री सहयोग गरेकोमा वडा अध्यक्षले उक्त सहयोगका लागि किमोलुङ फाउण्डेसन नेपाललाई धन्यवाद धन्यवाद ब्यक्त गर्नुभयो । वडाले स्वास्थ्य सामग्री कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी ,जनप्रतिनिधि र वडामा मजदुरी गरि बस्ने मानिसहरुलाई  प्रदान गरिने जनाएको छ।

उक्त स्वास्थ्य सामग्री सहयोगका लागि सहकार्य गरिदिनुहुने राष्ट्रिय अनलाइन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानालाइ अध्यक्ष अधिकारीले ले बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद Ngawang Wangchuk र Raju Adhikari तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१