पुर्व अर्थमन्त्री डा.महतको पहलमा नुवाकोटमा स्वास्थ्य सामाग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७८, बुधबार ०६:४४

नुवाकोट । नेपाली कांग्रेसका नेता एंव पुर्व अर्थमन्त्रि डा.रामशरण महतको विशेष पहलमा जिल्लाको विभिन्न स्थानिय तह र स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

डा. महतको सचिवालयले आज जिल्लाको सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका , शिवपुरी गाउँपालिका वडा नम्बर ७ र ८ तथा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्री वितरण हो ।

वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा माक्स ,सेनिटाईजर ,पिपिई सेट, क्यास्सियम, जिंङ चक्कि लगायत रहेका छन् । बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस (कोभिड १९) नेपालमा पनि महामारीको रुपमा फैलिएको बेलामा डा. महतको पहलमा नुवाकोटका स्थानीय स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको उहाँको निजि सचिवालयले जानकारी दिएको छ ।

साथै स्वास्थ्य सामाग्री बितरण अभियान नुवाकोटको सम्पुर्ण स्थानीय तहमा निरन्तर चलाईने बताइएको छ । फोटो विवरण उपलब्ध छैन।सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१