महिला हिंसामा आधारित चलचित्र रक्तभोग बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० आश्विन २०७१, शुक्रबार १५:२९

raktavogसमाजमा घटेका अनेक प्रकारका घटनाहरु मध्य जल्दो बल्दो समस्याका रुपमा रहेको महिला हिंसा सगँ सम्बन्धित विषयहरुलाई लिएर चलचित्र रक्तभोग निर्माण हुने भएको छ । महिला हिंसा अन्तरगत समाजमा व्याप्त बोक्सी कुप्रथा विरुद्ध चलचित्र रक्तभोग निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ । के.आर.फिल्मस एण्ड इन्टरटेन्मेन्टले विशुद्ध समाजिक कथामा बनाउन लागेको यस चलचित्र बोक्सी कुप्रथा र महिलालाई बोक्सीको रुपमा हेरिने नजर र त्यसले समाजमा निम्त्याउने प्रभावका विषयमा चलचित्रको कथावस्तु केन्द्रित रहने छ । यस चलचित्रमा सारिका घिमिरे,ज्योति सापकोटा,कृष्णराज तिवारी,शैलेश पौडेल,रामचन्द्र लम्साल,रचना पौडेल मुख्य भुमिकामा देखिने भएका छन् । चलचित्र रक्तभोगको सुटिङ्ग दशैं लगत्तै चितवनको माडीबाट सुरु हुने कुरा यस चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिएका छन् । यस चलचित्रका अर्का निर्माता रामचन्द्र लम्साल हुन् । यस चलचित्रलाई वि.वी. फुयालले निर्देशन गर्नेछन् भने यस चलचित्रमा पवन गौतमको छायंकन रहेने छ । चलचित्रको कुल निर्माण खर्च ५० लाख रहेको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१