निषेधाज्ञा असार ७ सम्म लब्याइयो, यी क्षेत्रमा खुकुलो (आदेशसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७८, सोमबार ०४:५४

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

के के खुल्नेछन् ?

यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि खोल्न दिने निर्णय गरिएको छ ।

होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो

यस्तो छ आदेश

फोटो विवरण उपलब्ध छैन।फोटो विवरण उपलब्ध छैन।फोटो विवरण उपलब्ध छैन।फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१