पारा तेक्वान्दो खेलाडीलाई लोकतान्त्रिक खेलकुदको सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७८, आईतवार ०५:१६

काठमाडाैं । फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट आक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तर्गत शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ ।

पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४‑४ हजारसहित पौष्टिक आहारको प्याकेज सहित स्वास्थ सामग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङ्गलाई सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग वितरण कार्यक्रममा वागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्ग, उपाध्यक्ष तथा मुवाथाई खेलाडी एवम् प्रशिक्षक उमेश गुरुङ्ग, संघका सचिव एवम् काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री), संघका सदस्य तथा जावालखेल फुटबल क्लबका सदस्य राजु वोगटी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले यस अघि पनि आफ्नो सम्पर्कमा आएका कोभिड संक्रमण भएका, अप्ठ्यारो परेका र असहायहरुलाई घरमा नै गएर डाक्टरको सुविधा उपलब्ध गराउने, औषधोउपचार गराउने, स्वास्थ्य सामाग्री र सरसल्लाह प्रदान गर्ने, खाद्य सामाग्री प्रदान गर्ने कार्य गर्दै आईरहेको छ ।

लोकतान्त्रिक खेलकुद संघले काठमाडौं खेलकुद समाजको संयोजन तथा समन्वयमा सहयोग वितरण सञ्चालन गर्दै आईरहेको छ । सहयोग वितरणका क्रममा लोकतान्त्रिक खेलकुद संघ वागतमी प्रदेश अध्यक्षले खेलकुद वृत्तमा पीडादायी अवस्था र सहयोग प्रदान गर्नुपर्ने अवस्था भएकाहरुलाई निरन्तर सहयोग गर्ने बताएका थिए । लोकतान्त्रिक खेलकुदले गरेको यो सहयोग यस्तो असहज अवस्थामा खेलाडीहरुको लागि निकै नै ठुलो सहयोग रहेको पारा खेलाडीहरुले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०