जिल्लामा पहिलो पटक बालबालिकाको निम्ती अक्षयकोष स्थानपना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० आश्विन २०७१, शुक्रबार १४:४६

सन्दिप कुमार बैश्य/
बर्दिया ,१० असोज । जिल्लामा पहिलो पटक एक गैर सरकारी संस्थाले बालबालिकाको बाल शिक्षा तथा सुरक्षा कोषको निम्ती अक्षयकोष स्थापना गरेको छ । जिल्ला अन्तरगत २ गाबिस र १ नगरपालिका गरि ३ ठाँउको लागि करिब साढे चौध लाख रुपैया बाराबरको अक्षयकोष स्थापना गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने गाबिसमा रहेको गाँउ बाल संरक्षण समिति र नगरपालिकामा रहेको नगर बाल संरक्षण समितिको अगुवाईमा सो अक्षयकोष स्थापना गरिएको हो । सेभ द चिल्ड्रनको साझेदारीमा जिल्ला शिक्षा कार्यलय बर्दियाको समन्वयमा दलित सेवा संघ बर्दिया द्धारा संचालित सुनौलो भविष्यका लागि सिकाई परियोजना अन्तरगत बाल शिक्षा तथा सुरक्षाको निम्ती एक समारोह बिच सेभ द चिल्ड्रनका कार्यक्रम अधिकृत दुरपती नेपालीले विभिन्न रकम वाल संरक्षण समितिहरु लाई बितरण गर्नु भयो । वाल शिक्षा तथा सुरक्षा कोष वालवालिकाका निम्ति शिक्षा र स्वास्थ्यका को लागि खर्च गर्नका लागि अक्षयकोष स्थापना गरिएको हो । गाँउ बाल संरक्षण समिति नेउलापुर लाई ४ लाख २ हजार , गाँउ बाल संरक्षण समिति बगनाहा लाई २ लाख ६ हजार र नगर बाल संरक्षण समिति गुलरिया लाई ६ लाख ७० हजार गरि जम्मा १३ लाख ४० हजारको जिल्लामा बालबालिकाको निम्ती अक्षयकोष स्थापना गरिएको शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक तारा बहादुर सुनारले बताउनु भयो । अति विपन्न, सीमान्तकृत, जोखिममा रहेका, तथा भिन्न क्षमता भएका (शाररीक तथा मानशिक), दलित तथा पछाडि पारिएका बालबालिकाहरु, शिक्षा, स्वास्थ्य(भिन्न क्षमता भएकाहरुलाई स्थास्थ्य सहायक सामाग्रिहरु सहयोग) तथा सामाजिक संरक्षणको हिसावले अति जोखिममा रहेका वा रहनसक्ने बालबालिकाहरु यस अक्षय कोषवाट लाभान्वित हुने परियोजनाको उद्देश्य रहेको छ । यस्ता प्रकृतिका जोखिममा हुर्किबढिरहेका बालबालिकाको सन्दर्भमा हाल नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमहरुले खासै समेटेको पाईएको देखिदैन । बालबालिकाहरुको लागि अक्षयकोष स्थापना गर्दा कोषको प्रकृति गैरसरकारी संस्थाको सहयोगमा यो कोष शुरु गर्नुपरेमा न्यूनतम दुई लाख रुपैया बाट शुरु गरिनेछ ,गाउँ बाल संरक्षण समिति वा गाउँ विकास समितिले यस्तो प्रकारको कोष स्थापना गर्न चाहेमा न्यूनतम एक लाख बाट पनि शुरु गर्न सकिनेछ ,बाल शिक्षा तथा सुरक्षा कोषको मूल धनलाई क्रमश बढाउँदै लैजान सकिनेछ , बाल शिक्षा तथासुरक्षा कोष वा अक्षयकोष बाट आर्जित रकम लक्षित बालबालिकाको लागि मात्र खर्च गर्नुपर्नेछ ,बाल शिक्षा तथा सुरक्षा कोषको रकम तालिम, गोष्ठी, प्रशासनिक खर्च, भ्रमण आदिमा खर्च गर्न पाइने छैन र बाल शिक्षा तथा सुरक्षा कोष गाउँ विकास समिति र गाउँ बाल संरक्षण समितिको संयुक्त अधिनमा रहने लगायतका प्रावधान निती नियमहरु रहेको छ । बाल संरक्षण समितिले अक्षयकोष स्थापना गरि कोष बाट अर्जित रकम कस्ता प्रकारका बालबालिका लाई प्रदान गर्ने हो भन्ने सन्दर्भमा कोहि पनि आफन्त नभई अरुको शरणमा बसेका आर्थिक रुपले विपन्न बालबालिकाहरु लाई , बालबालिका स्वंम घरमूली भएका आर्थिक रुपले विपन्न बालबालिका , आमा बाबु दुबै नभई अरुको रेखदेखमा रहेका आर्थिक रुपले विपन्न बालबालिका , आमा वा बाबु मध्ये एक नभएका र आर्थिक रुपले विपन्न बालबालिका , आमा वा बाबु मध्ये दुबै नभएका वा एक नभएका र अति लामो समयसम्म बिरामी भएका बालबालिका आर्थिक कारणले विचैमा कक्षा छोडन सक्ने सम्भावना भएका बालबालिकाहरु लाई उक्त कोष बाट अर्जित रकम शैक्षिक क्षेत्रमा खर्च गर्न लाई भएका बिभिन्न प्रक्रिया अपनाई रकम दिनु पर्ने शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक सुनारले बताउनु भयो । नगर बाल संरक्षण समिति गुलरियाका सदस्य सजिव अनिल कुमार श्रीवास्तवले भने यो बाल संरक्षण समितिमा रहेर बालबालिकाको हितका लागि बिभिन्न कामहरु गरे तर अहिले सम्म कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले यति ठुलो राशीको सहयोग गरेका थिएनन् । उँहाले भने बालबालिकाहरुको लागि शिक्षा तथा सुरक्षा कोषको लागि स्थापना भएको अक्षयकोषले नगरपालिकाका अधिकांस अति विपन्न, सीमान्तकृत, जोखिममा रहेका, तथा भिन्न क्षमता भएका (शाररीक तथा मानशिक), दलित तथा पछाडि पारिएका बालबालिकाहरु, शिक्षा, स्वास्थ्य(भिन्न क्षमता भएकाहरुलाई स्थास्थ्य सहायक सामाग्रिहरु सहयोग) तथा सामाजिक संरक्षणको हिसावले अति जोखिममा रहेका वा रहनसक्ने बालबालिकाहरु यो अक्षयकोष बाट अर्जित गरिएको रकमले प्रयाप्त रुपमा लभान्वीत हुनेछन । जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु धेरै भए पनि कुनै निकायले अहिले सम्म बालबालिकाहरुको लागि बाल शिक्षा तथा सुरक्षा कोषका निम्ती अक्षयकोष स्थापना गरेको थिएन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१