गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षरसहित पोखरेलको दावी पेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७८, शनिबार ०४:४१

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेका छन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका थिए । उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख पौडेलले शुक्रबार संविधानको धारा १६८(५)अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

हस्ताक्षर गर्नेको सूची

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१