बादलले पदमुक्तपछि सरकारी निवास छोडेनन् सांसद हैन राजनीति नै नगरेकी पत्नीलाई बनाए मन्त्री !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७८, शुक्रबार ०५:१७

काठमाडौ । नेपाली राजनीतिमा जीवन नै राजनीतिमा समर्पण गरेकाहरुप्रति ठूलो झेल भएको छ ।

त्योपनि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलबाट राजनीतिक नेता मात्र हैन कार्यकर्ता नै खिन्न हुनेगरी ठूलो झेल भएको छ ।

प्रधानमन्त्री ओलीले बादलको सिफारिसमा बिहीबार बादलपत्नी नैनकला थापालाई मन्त्री बनाएका छन् ।

उनी आजसम्म सांसद बन्ने त कुरै छैन राजनीतिमा कुनै क्रियाशील रुपमा काम नगरेकी व्यक्ति हुन् ।

अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका केही र बादल समूह साथै जसपा पार्टीका केहीलाई मन्त्रिमण्डलमा समावेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्।

सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो। तर उनले जीवनमा कहिलै सांसद नबनेकी उनकी श्रीमतीलाई मन्त्री बनाएका छन् ।

गत पुसदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए।

तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।

माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कार स्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।

सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्। त्यो मात्र हैन उनी त्यो अघिपनि कहिलै बनिन् ।

माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताले बताए। नैनकलाजी भूमिगत हुनुभएकै हो।

तर उहाँ पार्टीको सक्रिय पदमा रहनुभएन। नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेताका श्रीमतीहरू पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो, ती नेताले भने, नैनकलाजीको जनयुद्धमा योगदान थिएन भन्दा त अन्याय हुन्छ।

तर उहाँभन्दा धेरै क्षमतावान् व्यक्तिहरू मन्त्री बन्न योग्य थिए। रघुवीरका श्रीमान्–श्रीमती आलोपालो मन्त्री भएजस्तै होला बादलजीको पनि। उनले खिसि गरे ।

माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष थिइन्। उनी पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन्। उनी केन्द्रीय सल्लाहकार समितिको सदस्य भने भएकी थिइन्।

केही समय शिक्षण पेशामा रहेकी थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन्। मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्।

मन्त्री क्वार्टर नछोड्नका लागि नै बादलले श्रीमतीलाई मन्त्री बनाएको बुझिन्छ । श्रीमतीलाई मन्त्री बन्ने प्रस्ताव बादलले गरेको बुझिन्छ ।

बादलले अब श्रीमती जीपनि मन्त्री बन्नुपर्यो भनेर हाँस्दै गरेको प्रस्तावमा उनी झस्किएकी थिइन् । म कहाँ मन्त्री भनेर म्याडम झस्किनु भयो तर हामीले नै म्याडमलाई मन्त्री बनाऔँ भनेका थियौँ बर्हिगमनमा परेका एक मन्त्रीले खुलाए ।

प्रतिक्रिया