एकतावद्ध संघर्षलाई अझ मजबुत बनाउने विपक्षी गठबन्धनको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७८, शुक्रबार ०५:०४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश झन् संकटतर्फ गएको निष्कर्ष निकालेको संघर्षमा मोर्चावद्ध रुपमा अगाडि बढिरहने सङ्कल्प गरेका छन् ।

बिहिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले माधव नेपाल समूहका नेताहरुको छलफलले प्रतिगामी शक्तिहरुका कारण देश झन्भन्दा झन् संकटतर्फ गएको निष्कर्ष निकालेकाे थियो ।

बैठकमा सातै प्रदेशका समिक्षा भएको बैठक पश्चात एक नेताले नागरिक खबरलाई बताए । त्यसैगरि बैठकले केन्द्रीय गठबन्धन अनुरुप नै सबै प्रदेश गठबन्धनको सरकार निर्माण गर्न पहल गर्ने छलफल भएको थियो ।

संविधान, गणतन्त्र र विदेशी हस्तक्षेपको विरुद्धमा अझै पनि ‘सेटिङ’ चलिरहेको निचोड निकाली त्यसलाई चिर्दै एकतावद्ध रूपमा अगाडि बढ्ने बैठकको निष्कर्ष रहेको छ । ती दलहरुले एकतावद्ध संघर्षलाई अझ मजबुत बनाउने बताइएको छ । ती दलहरुले संविधानलाई सही ट्रयाकमा ल्याउन कोभिड–१९ का बीचमा पनि जनतालाई कसरी जागृत गराउने भन्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

उक्त छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादीका नेता उपेन्द्र यादव र अशोक राई, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र भीम रावलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१