संसद विघटन मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७८, बिहीबार ०५:१६

काठमाडौं । संसद विघटन मुद्दामा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण मागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने जनाइएको छ ।

प्रतिक्रिया