डेरामा सँगै बस्ने साथीको हत्या गरेको आरोपमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७८, बुधबार ०५:१५

धनगढी। कैलालीमा डेरामा सँगै बस्दै आएका एक जना साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोठामा सँगै बस्ने अन्दाजी ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ३९ वर्षीय सोमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा उनीहरु डेरामा बस्दै आएका थिए । साथीको हत्यापछि फरार बस्नेतलाई प्रहरीले लम्कीस्थित वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार आपसी विवादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुढाथोकीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१