कोरोना र खानाबीच यस्तो सम्बन्ध, शाकाहारी र मांसहारीमा कसलाई बढी खतरा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७८, बुधबार ०५:०८

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएपछि त्यसले कति तपाईंलाई बढी पिरोल्छ भन्ने कुरा खानामा पनि भर पर्ने वैज्ञानिकहरुले बताएका छन् । उनीहरुका अनुसार शाकाहारी र समुन्द्री खाना खाने व्यक्तिमा कोरोनाको संक्रमणबाट स्वास्थ्यमा पर्ने प्रभाव कम हुनेछ । त्यसैगरि शाकाहारीको तुलनामा मासु खाने व्यक्तिको स्वास्थ्य खराब हुने खतरा धेरै हुने बताइएको छ ।

अमेरिकाको मेरिल्याण्डस्थित जन हप्किङ्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थले आफ्नो पछिल्लो रिसर्चका आधारमा यस्तो दाबी गरेको हो । वैज्ञानिकहरुले कोरोना संक्रमणले शाकाहारीका शरीरमा पार्ने प्रभाव ७३ प्रतिशत कम हुने बताएका छन् । त्यसैगरि सी–फुड जस्ता माछा खानेमा कोरोना संक्रमणबाट खतरा ५९ प्रतिशत कम हुने हुन्छ । तर, मांशहारीहरुमा यसको खतरा ठीक उल्टो देखिएको छ ।

अनुसन्धानकर्ताहरुले खानपान र कोरोना भाइरस संक्रमणको गाम्भिर्यताका बीचको सम्बन्धका लागि २,८८४ अग्रभागमा कार्यरत चिकित्सक र नर्सहरुमा रिसर्च गरेका थिए । यी सबै जुलाई र सेक्टेम्बरमा संक्रमित भएका थिए । यो रिसर्चमा फ्रान्स, जर्मनी, इटाली, स्पेन, ब्रिटेन र अमेरिका सामेल थिए । रिसर्चका बेला उनीहरुमा संक्रमणको स्तर, खानपान र मेडिकल हिस्ट्रीका बारेमा अध्ययन भएको थियो ।

अनुसन्धानकर्ताले वनस्पतिमा आधारित भेजेटेरियन डाइटमा धेरै प्रकारका भिटामिन, मिनरल्स र पोषण हुने बताएका छन् । खतरा कम हुने एक मुख्य कारण यो पनि हुन सक्ने बताइएको छ । यी पोषक तत्व रोगहरुसँग लड्नका लागि राम्रो प्रतिरोधात्मक प्रणालीका लागि जरुरी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१