काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का पूर्वनेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
पछिल्लो समय विपक्षी दलको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै छ ।
प्रतिक्रिया