ओलीले मेरा कारण एकता असफल भन्नु झुठ, भ्रामक र षड्यन्त्रपूर्ण, यसको भर्त्सना गर्दछु :प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७८, मंगलवार ०५:१७

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका सबै आरोपहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खन्डन गर्नुभएको छ ।

उहाँले आफ्नो कारणले एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री ओलीको भनार्इमा सत्यता नभएको उहाँको भनाई रहेको छ ।

अध्यक्ष प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले दिनु भएको बयान सरासर झुठो, भ्रामक र षडयन्त्रपूर्ण हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना समेत गर्नुभयो ।

सोमबार सामाजिक सञ्जाल ट्वीटमार्फत उहाँले यस्तो स्पष्टिकरण दिनुभएको हो ।

उहाँले भन्नु भएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ ।

त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

एमाले अध्यक्ष ओलीले आइतबार राति एक सार्वजनिक विज्ञप्ति जारी गदै आफूले नेकपा एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष प्रचण्डका कारण एकता हुन नसकेको आरोप लगाउनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१