नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७८, मंगलवार ०५:१५

काठमाडौँ। नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

मन्त्री तामाङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको उल्लेख गरे । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने र खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि जानकारी दिए ।

त्यस्तै मन्त्री तामाङले भविष्यमा आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसँग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको बताए । उनले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यही रुपमा कार्य गर्न निर्देशन दिएको बताए ।

स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै मन्त्री तामाङले बीमा कार्यक्रमको पुनर्संरचना गरी सो कार्यलाई अघि बढाउने धारणा पनि राखे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१