‘नक्कली राष्ट्रवाद’को भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलम ओली लागेको नेता भट्टराईको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७८, मंगलवार ०५:०९

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलमा लागेका आरोप लगाएका छन् ।

सोमबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनले अरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीकै कारण देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताए । ओलीले देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको समेत उनले आरोप लगाए ।

उनले सबै पार्टी मिलेर राज्यको सबै अंग कब्जा गरी ध्वंस गर्ने ओलीको कदमको प्रतिवाद गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१