लायन्स इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७८, सोमबार ०५:३७

काठमाडाैँ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो ।
बुर्लाकाेटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन समेत हुनुहुन्छ । अनलाइन मार्फत भएको निर्वाचनमा उहाँले १६४४ मत प्राप्त गर्नुभएको छ । कुल २९८२ मत मध्ये बुर्लाकोटीले १६४४ प्राप्त गर्नुभएको हो । उहाँको प्रत्यासी खगेन्द्र सिटौलाले ११९० मत प्राप्त गर्नुभयो ।

विश्वका २ सय भन्दा बढी देशमा सक्रिय लायन्स अन्तर्राष्ट्रियमा बुर्लाकोटीले आफ्नाे गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल हुनुभएको थियो । बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उहाँ सफल हुनुभएको थियो ।

उहाँले नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराउनुभएको थियो । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उहाँले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुभएको थियो । लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसक्नुभएकाो बुर्लाकोटीले इसामे एरिया फोरम कलकत्तामा पनि विषेश प्रस्तुत राख्न सफल हुनुभएको थियो ।
बुर्लाकोटी लायन्स क्लबहरुको तल्लो तह सम्म प्रत्यक्ष रुपमा घुलमिल भै काम गर्ने गरेकाले देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्न सफल हुनुभएको छ । उहाँको सकृयताकाे कारण नेपाली लायन्सबादको विकास र विस्तार तिव्र रुपमा अगाडि बढी रहेको छ, नेपाललाई संसारभर चिनाउन उहाँको भूमिका महत्त्वपूर्ण रहेको लायन्स क्लब ईन्टरनेशनलका रिजन चियरपर्सन जे पी चापागाईंले बताउनुभयो।’ चापागाईंका अनुसार उहाँ लायन्सकाे अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि विश्वभरि नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गानलाई चिनाउन सफल हुनेछौं।
नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु आउने र सामाजिक तथा मानवीय सेवामा अझै बढी सकृय हुन प्राेत्साहन प्राप्त हुनेमा नेपाली लायन्सहरु ढुक्क देखिएका छन्। यस अगाडि नेपालबाट सञ्जय खेतान अन्तर्राष्ट्रिय डाइरेक्टर बन्नुभएको थियो।

सायद ४ people, including Prakash Kumar Shrestha तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छNo description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१