जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयले माग्यो सबै अस्पतालसँग विवरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७८, सोमबार ०५:०८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र उपचारमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ ।

सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै मन्त्रालयले कर्मचारीको विवरण माग गरेको हो ।

स्वास्थ्य मन्त्रालयले आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरुको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलवी भर्पाइ एक हप्ताभित्र उपलव्ध गराउन सूचित गरेको छ ।

यस्तो छ सूचना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१