प्रदेश २ मा महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७८, सोमबार ०५:०२

काठमाडौँ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डा डिम्पल झा, उद्योग, पर्यटन वन राज्य मन्त्री सुरेश मण्डल र सामजिक विकास राज्य मन्त्री अभिराम शर्मा बर्खास्त भएका हुन् ।

उनीहरूलाई जसपका अध्यक्ष उपेन्द्र यादव समुहमा फर्किन साँझ सम्मको समय दिएको थियो । सो समयभित्र उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेको जनाइएको छ ।

उपेन्द्र पक्षधरले आजै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१