पार्टी एकताका लागि प्रम ओलीको ‘असाधारण आव्हान’ (आव्हानको पूर्णपाठसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७८, सोमबार ०४:४६

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असाधारण आव्हानको संज्ञा दिएको उक्त आव्हानमा उनले नेकपा (एमाले) लाई २०७५ जेठ ३ गतेको पूर्ववत अवस्थाबाट अगाडि बढाइने बताएका छन् ।

आइतवार राति पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उनले नेकपाको केन्द्रीय समितिका सदस्यहरु मध्ये एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर पार्टीलाई गतिशील बनाउने पनि उद्घाेष पनि गरेका छन् । नेकपा (एमाले) को एकताका लागि आव्हानमा भनिएको छ, ‘यस बीचमा विभिन्न कमरेडहरुबाट गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन । ’

हेर्नुहोस् प्रम तथा एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि भनेर गरिएको आव्हानको पूर्णपाठः–

प्रतिक्रिया