म राष्ट्रिय एकता, अखण्डता प्रति पूर्ण प्रतिबद्ध रहेको छु : उपप्रधानमन्त्री महतो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७८, आईतवार ०५:१३

काठमाडौ । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएको भनेर विवादमा आएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई गलत प्रचार गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले आज राति विज्ञप्ति जारी गर्दै भनेका छन् हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचार प्रसार भएकोमा मेरा गम्भीर ध्यानाकर्षण भएको छ ।

उनले विज्ञप्तिमा लेखेका छन् नेपालको संविधान २०७२ को धारा ३ मा ब्याख्या भएको राष्ट्रः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । भन्ने कुरालाई आत्मसात गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म, लिङ्गको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।

उनले थप लेखेका छन् यो संविधानमा हाम्रा रहेका असन्तुष्टि सम्वोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौ ।

म राष्ट्रिय एकता, अखण्डता प्रति पूर्ण प्रतिबद्ध रहेको छु । यस बारेमा कसैलाई अन्यथा भ्रम नरहोस भन्ने प्रष्ट पार्न चाहान्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१