उपप्रधानमन्त्रीको बहुराष्ट्रिय राज्यको विचारप्रति प्रधानमन्त्रीको धारणा माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७८, आईतवार ०४:५१

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वनेता खनाल–नेपाल समूहले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ । साे समूहले विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका हुन् ।

उक्त समूहले उपप्रधानमन्त्रीबाटै राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिने काम भएको र त्यो निन्दनीय भएको जनाएको छ । संविधानसभा र जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्यको विचार नेपालको संविधानको विपरीत रहेको जनाउँदै समूहले सो अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ ।

नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

प्रतिक्रिया