प्रेस काउन्सिलका अध्यक्षमा बस्नेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७८, शुक्रबार ०४:४७

काठमाडाैं । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कानून व्यवसायीसमेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए। काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१