नेपाल–खनाल पक्षले बोलाए केन्द्रीय कमिटी बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७८, बिहीबार ०४:५३

काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

पार्टीमा विवाद उच्च बन्दै गएको बेला माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले विहीबार केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको नेता युवाराज ज्ञवालीले जानकारी दिएका छन् ।

बैठक विहीबार बिहान ११ बजेका लागि तय गरिएको छ । कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा गरिने भएको छ ।

मंगलबार पार्टी एकता प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने निर्णय गरेर स्थगित भएको एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक बुधबार पनि स्थगित भएको छ ।

ओली र नेपाल पक्षका दोस्रो वरियताका नेताहरु पछिल्लो समय पार्टी एकता कायम राख्नका लागि सक्रिय देखिएका छन् ।

पछिल्लो समय पार्टी महासचिव ईश्वर पोखरेल र योगेश भट्टराई लगायतका नेता बढी सक्रिय देखिएका छन् ।

माधव नेपालले भने दैनिकजसो जनवर्गीय संगठनहरुको बैठक राख्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१