स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७८, बुधबार ०५:०२

काठमाडाैं । मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्वाउने अभियान चलाइएका जनाइएको छ ।

जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिकरुपमा निःशुल्क उपलब्ध गर्दै आएको छ । सो संस्थाले गत वैशाख २६ गतेदेखि काठमाडौँको वीर अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल, स्वाथ्य चौकीका स्वास्स्थ्यकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई यो सेवा दिइरहेको समूहका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले जानकारी दिए ।

सो समूहको सक्रियतामा चन्द्रागिरी नगरपालिकाभित्रका चार आइसोलेशन सेन्टरमा रहेका दैनिक बिहानको नास्ता र पौष्टिक आहार पनि प्रदान हुँदै आएको छ । “हजुरहरू एक्लो हुनुहुन्न, हामी साथमा छौं, आफू पनि बाँचौ अरूलाई पनि बचाऔं’’ नाराका साथ समूहले ताजा र सन्तुलित भोजन उपलब्ध गराएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१