प्यारको सजाय ! दलित युवकलाई चारपाटा मुडेर जुत्ताको माला लगाई गाउँ घुमाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७८, बुधबार ०४:५९

एजेन्सी । प्रेमले जात, धर्म र सामाजिक बन्धन केही मतलव गर्दैन भनिन्छ । नेपालमा रुकुममा केही समय अघि कथित उपल्लो जातिका भनिएका मानिसहरुले दलित युवकहरुलाई प्रेम गरेकै कारण हत्या गरी नदीमा बगाएका थिए । २१ औं शताब्दीमा भइरहेका यसप्रकारका पाशवीक घटनाहरुले सिंगो समाज बदनाम बन्ने गरेको छ भने यसले सभ्यतामाथि नै प्रश्न खडा गर्ने गरेको छ । यस्तै घटना भारतको मध्य प्रदेशको जबलपुरमा भएको छ ।

एक दलित युवकलाई उक्त समाजका कथित उपल्लो जाति भन्नेहरुले प्रेम गरेको आरोपमा टाउको चारपाटा मुडेर जुत्ताको माला लगाई गाउँ घुमाएका छन् । प्रहरीले उक्त आपराधिक घटनामा सम्लग्न भएको आरोपमा चार जनालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार दमन खामरिया नामक गाउँका राजकुमार दहरिया नाम गरेका युवकले आफूमाथि यसप्रकारको दुर्व्यवहार भएको भन्दै उजुरी दिएका हुन् । जबलपुरबाट दमन खामरिया गाउँ ४० किलोमिटर टाढा पर्छ ।

राजकुमार देहरियाले उजुरीमा आफ्नो टाउको चारपाटा मुडेर चेनले बाँधेको बताएका छन् । उनले घाँटीमा जुत्ताको माला लगाई आफूलाई गाउँ घुमाएको उजुरीमा उल्लेख गरेका छन् । युवकले आफूले प्रेम गरेकी युवतीसँग युवतीका परिवारले यसप्रकारको व्यवहार गरेको बताएका छन् । तिनीहरुले युवकमाथि दुव्र्यवहार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

जबलपुरका प्रहरी प्रमुख रवी चौहानले पीडित युवकको उजुरीमा कथित उच्च जातिकी युवतीसँग युवकको प्रेम भएको र हालै उनले एक मोबाइल फोन पनि उपहारमा लिएको उजुरीमा उल्लेख गरेको बताए । सोही मोबाइल फोन देखेर युवतीका परिवारले आशंका गरी युवकलाई घर बोलाई दुव्र्यवहार गरेको बताए । प्रहरीले अनुसन्धानका लागि सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियो कब्जामा लिएको छ र अपराधमा सम्लग्नहरुमाथि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१