गोकर्णेश्वर नगरपालिकामा २५ शैय्याको आइसोलेशन सञ्चालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७८, सोमबार ०५:३१

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ शैय्याको आइसोलेशन सञ्चालन गरेको छ ।

नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले  जानकारी दिए । सामुदायिक वनमा रहेको स्मारकका भवनमा यसअघि गत वर्ष पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।

आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा दिएको नगरपालिकाले जनाएको छ । यसैगरी लायन्स क्लबका तर्फबाट आइसोलेशनमा अक्सिजनको व्यवस्थासमेत गरिएको छ । आइसोलेशन सञ्चालन भएपछि होम आइसोलेशन नहुनेका लागि सहज भएको जनाइएको छ ।सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

नगरपालिकामा हालसम्म चार हजार ३४८ जना कोरोना सङ्क्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि दुई हजार २२ सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ सङ्क्रमित भएका थिए ।

दोस्रो लहरले सङ्क्रमित भएकामध्ये एक हजार ३८९ जना घर फर्केका छन् । पाँच सय ९७ अहिले पनि सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ३६ नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो ।

नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ ।

यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एन्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।सायद घरभित्र को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू, घरभित्र तथा  '@SarojBasnet Saroj Basnet' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१