फिनल्याण्डकी प्रधानमन्त्रीले एक महिनामा ३०० को खाजा बील पेश्दा छानविन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७८, सोमबार ०५:०२

काठमाडौं । विश्वमा सर्वाधिक खुःशी मानिसहरु बस्ने देश हो फिनल्याण्ड । हालै त्यहाँकी प्रधानमन्त्रीको खाजा खर्चको बिल अहिले चर्चाको विषय बनेको छ ।

प्रकरण यति गम्भीर छ कि स्थानीय प्रहरीले अनुसन्धानको लागि आग्रह गरेको छ । प्रधानमन्त्रीले करदाताहरूको पैसाको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

सरकारी आवासमा परिवारसँग नास्तामा धेरै पैसा खर्च गरेको आरोप लागेको हो । इल्लोतलेतीको रिपोर्टले प्रधानमन्त्री सना मारिनलाई आधिकारिक आवास केसरन्टामा बस्दा आफ्नो परिवारको बिहानको खाजामा प्रतिमहिना ३०० युरो अर्थात ४२,४०८ रुपैयाँ खर्च गरेको आरोप लागेको छ ।

 

यस प्रतिवेदन पछि विपक्षीहरू उनीमाथि खनिएका छन् । यता, प्रधानमन्त्री आफ्नो बचाउमा पूर्वप्रधानमन्त्रीहरूले पनि यसबाट फाइदा उठाएको भनेकी छिन् । मारिनले ट्वीटरमा भनेकी छिन्, ‘प्रधानमन्त्रीको हैसियतमा मैले यस सुविधाका लागि सोधेको छैन न त म कुनै पनि निर्णय लिने काममा संलग्न भएकी थिँए ।’

कानुनी विज्ञहरूले पछि सुझाव दिए कि करदाताहरूको पैसा प्रधानमन्त्रीको बिहानको खानाको लागि प्रयोग गर्नु वास्तवमा फिनिश कानूनको उल्लङ्घन हो । गत शुक्रबार, प्रहरीले यस मुद्दाको अनुसन्धान गर्ने घोषणा गरेको छ । प्रहरीले एक विज्ञप्तिमा भन्यो, ‘प्रधानमन्त्रीले बिहानको खाजामा खर्च गरेको पैसा सरकारबाट लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१