भ्रमपूर्ण समाचारप्रति टिटिडिसीका उपाध्यक्ष शर्माको कडा आपत्ती (विज्ञप्ति सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७८, शनिबार ०५:१६

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद् (टिटिडिसी)का उपाध्यक्ष भबिश्वर शर्माले आफ्नो चरित्र हत्या गर्ने गरी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकोप्रति आपत्ती जनाएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो डोज लगाउन खोप कार्डको दुरुपयोगबारे भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै आपत्ती जनाएको हो । विगत लामो समयदेखि आफूले गर्दै आएको कामलाई असफल पार्न लागिरहेका ठमेलका केही व्यक्तिले बदनियतपूर्ण ढंगले खोप सम्वन्धि भ्रमपुर्ण समाचार प्रकाशन गर्न लगाएको शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । मलाई नसोधी केही अनलाइन मिडियाहरुले मेरो चरित्र हत्या गरेकोमा मेरो ध्यानाकर्षण भएको छ ।

‘समाचार लेख्दा सम्वन्धित पक्षको भनाई अनिवार्य हुनुपर्ने पत्रकारिताको न्यूनतम मूल्य मान्यता समेत विर्सिएर केही मिडियाहरुले यससम्वन्धमा समाचार संप्रेषित गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ उपाध्यक्ष शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘पित पत्रकारिताको रुपमा प्रकाशित उक्त सामाग्रीप्रति कानूनी कारबाहीका लागि सम्वन्धित निकाय प्रेस काउन्सिलमा उजुरी दर्ता गरिसकेको छु ।’


समाचारमा आरोप लगाइए जस्तो आफूले पहुँचका आधारमा खोप कार्ड बितरण नगरेको र भविष्यमा पनि त्यस्तो काम सोच्न पनि नसक्ने भन्दै भ्रममा उक्त समाचारमा कुनै सत्यता नरहेकाले भ्रममा नपर्न ठमेलका व्यवसायी र घरधनीलाई उनले आग्रह गरेका छन् ।

कोरोनाबाट समस्यामा परेका ठमेलका घरधनी र व्यवसायीहरुलाई थोरै भएपनि राहत पु¥याउन भनेर दिनरात लागिरहेको बेला गुण्डागर्दी शैलीमा पटक पटक धाकधम्की दिएर तर्साउन खोजिएको पनि उनको आरोप छ । जेठ १ गतेदेखि ११ गतेसम्म ठमेल क्षेत्रका व्यवसायी तथा घरधनीहरुले कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् । परिषदको पहलमा १० हजार व्यवसायी घरधी र कर्मचारीहरुले खोप लगाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०