किमले कानमा ‘ॐ’ झुण्ड्याएपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७८, शुक्रबार ०५:००

लसएञ्जल्स। अमेरिकी टेलिभिजन रियालिटी स्टार र बिजनेस वुमन किम कार्दासियन चर्चामा आउनका लागि हरेक हतकण्डा अपनाउछिन् । उनी प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन् ।

कहिले विलासी जीवनशैली त कहिले बोल्ड फोटोसुटले सामाजिक सञ्जालमा उत्तिकै छाइरहन्छिन् ।

अमर उजालाका अनुसार केही दिन अघि किमले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरिन् । जसको चर्चा निकै भएको थियो । तस्वीरमा किम रातो रंगको पहिरनमा ‘ॐ’ वाला डिजाइनको एयररिंग कानमा झुण्ड्याएकी थिइन् ।

यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भयो । उनको यो तस्वीरलाई केही फ्यानले भने मनपराएनन् । उनीमाथि फ्यानले धार्मिक भावनामा ठेस पुर्‍याएकाे आरोप लगाएर उनलाई ट्रोल गरे ।

‘ॐ हिन्दु धर्मको पवित्र पहिचान हो । यो कुनै गहना होइन भनेर भन्ने के अब सही समय आएको छैन र ? एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

त्यस्तै अर्का प्रयोगकर्ताले ‘सेलिब्रेटीले कहिले सांस्कृतिक संकेतको प्रयोग गर्न बन्द गर्छन् ?’ भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१