तीन देशका लागि हप्तामा एक दिन उडान गर्ने मन्त्रिपरिषदको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७८, शुक्रबार ०४:४९

काठमाडौं । सरकारले नेपालसँग नियमित उडान भइरहेका तीन देशहरुका लागि हप्तामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । ती तीन देशहरुमा चीन, कतार र टर्की रहेका छन् ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले आन्तरिक उडानमा वैशाख २० गतेबाट रोक लगाएको थियो भने बैशाख २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका उडानमा रोक लगाएको थियो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएको भन्दै ३ वटै देशमा सातामा एक उडान खुला गर्ने निर्णय गरेको हो ।

जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बताइएको हो ।

प्रतिक्रिया