निषेधाज्ञामा शुक्रबारदेखि कडाई हुने भएपछि काठमाडौंबाट बाहिरिनेको लस्कर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७८, शुक्रबार ०४:४६

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोक्न भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा थप कडाई गर्दैछ ।

शुक्रबारदेखि निषेधाज्ञा कडाई हुने भएपछि काठमाडौंबाट बाहिरिने संख्या ह्वात्तै बढेको छ ।

विहीबार राति थानकोट नाका हुँदै बाहिरिनेको भीडले सडकमै जाम भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार, विगतमा भन्दा आज काठमाडौंबाट थानकोट नाका हुँदै बढी गाडी बाहिरिएका छन् ।

कोरोना संक्रमण रोक्न भन्दै काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक साता किराना पसलसमेत खोल्न नपाइने नियम लागू गरेको छ ।

सो नियम लागू गरेसँगै काठमाडौंमा हिडडुलमा समेत कडाई गर्ने भएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा दिउँसो सरकारी गाडी समेत हिड्न प्रतिवन्ध लगाउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१