नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७८, बिहीबार ०४:४४

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अनुदान दिने भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१