दोस्रो डोज लगाउन छुटेकालाई भोलिदेखि खोप लगाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७८, बुधबार ०५:१३

काठमाडौँ। गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भोलिदेखि खोप लगाइने भएको छ ।

बागमती प्रदेशले कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई भोलिबाट दोस्रो डोज लगाउने भएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बुधबारदेखि सुरक्षाकर्मी र पर्सी विहीबारदेखि अन्य फ्रन्टलाइनरहरुलाई लगाइने सूचनामार्फत जानकारी दिएको हो ।

फागुन २३ गतेदेखि चैत ४ गतेसम्म भने दोस्रो चरणको खोप अभियान सुरु भएको थियो ।

यस्तो छ सूचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१