कोभिड-१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन प्रधानमन्त्री ओलीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७८, बुधबार ०५:०८

काठमाडौं । कोभिड–१९ निर्देशक समितिको पहिलो बैठक बसेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका छन् ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले भने- ‘प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’ यसका साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन दिएको सचिव बरालको भनाई छ । अध्यादेशले कानूनी प्रबन्धहरु गरेको भन्दै उनले कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१