सरकारी गाडी दिउँसो सञ्चालन गर्न रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७८, बुधबार ०५:००

काठमाडौं । उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै सरकारी सवारीसाधनलाई पनि दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन्।’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।

प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाउने निर्ण य गरेको छ । प्रशासनले मंगलबार चौथो पटक निषेधको आदेश थप्दै निषेधाज्ञामा कडा प्रावधान ल्याएको छ ।

सोमबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चार सातापछि संक्रमण क्रमशः घट्दै जाने बताएका छन् । यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१