मध्यरातमा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच सवा घण्टा छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७८, मंगलवार ०४:५४

काठमाडौं । विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच सवा घण्टा छलफल भएको छ । राति पौने १० बजे बालुवाटार प्रवेश गर्नुभएका प्रधान्यायाधीश राणा ११ बजे बाहिरिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो । प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै सोही गेटबा बाहिरिनुभएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया