‘नागरिकता सम्बन्धी अध्यादेश कुर्सी जोगाउन र कसैलाई खुशी पार्न’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७८, मंगलवार ०४:५१

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशको नेत्रबिक्रम चन्द ‘विप्लव’ले विरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ ।’

उनले आफ्नो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन् र त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिने बताएका छन् । उनले हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया