अभिभावक बिच अन्तरक्रिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७१, बिहीबार १७:०६

सन्दिप कुमार बैश्य
बर्दिया ,९ असोज  । बिद्यार्थी निरन्तरता र बालबालिकाको समाजिक सुरक्षा बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम गुलरिया वार्ड नं. ५ स्थित रहेको भानोदय नि.मा.बि मा समपन्न भएको छ । सेभ द चिल्ड्रनको साझेदारीमा जिल्ला शिक्षा कार्यलय बर्दियाको समन्वयमा दलित सेवा संघ बर्दिया द्धारा संचालित सुनौलो भविष्यका लागि सिकाई परियोजना बिद्यालयमा पहुँच हुन नसकेका तथा बिद्यालय नियमिततामा कमि हुने बालबालिकाहरु बिद्यालयमा पुर्ण रुपमा उपस्थित गराई शिक्षाको गुणस्तर बृद्धि गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको शिक्षा कार्यक्रमका सहायक कार्यक्रम अधिकृत भद्र बहादुर सुनारले बताउनु भयो । सरकारले उपलब्ध गराउने खाजा , छत्रबृति तथा बिद्यालयमा नै बिद्यालय स्तरिय बाल सुरक्षाकोष स्थापना गर्ने , बालबालिकाहरुको शैक्षिक बृद्धिमा अभिभावकको भुमिका कस्तो रहेने लगायतका बिषयमा बिद्यार्थीका अभिभावकहरु बिच छलफल गरिएको शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत तारा बहादुर सुनारले बताउनु भयो । उक्त कार्यक्रममा ४१ जना अभिभावकहरुको उपस्थिती रहेको थियो । त्यसै गरि बिद्यार्थी निरन्तरता र बालबालिकाको समाजिक सुरक्षा बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम गुलरिया वार्ड नं. ५ स्थित रहेको ने.रा.नि.मा.बि सुहेलवा र धु्रब उ.मा.बि तुल्सीपुर पनि समपन्न भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१