बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७८, सोमबार ०४:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने जानकारी दिएका छन् ।

जेठ १५ गते औपचारिक कार्यक्रम गरी राष्ट्रपतिबाट अध्यादेशमार्फत बजेट आउने प्रधानमन्त्री ओलीले जानकारी दिए ।

बजेट सस्तो लोकप्रियताका लागि बजेट नआउने भन्दै उनले देशको भविष्य र अर्थतन्त्रप्रति गैरजिम्मेवार भएर नआउने स्पष्ट गरे ।

आफूले यसअघि नै घोषणा गरेका नीतिलाई कार्यान्वयन गर्ने गरी आउने भन्दै उनले कोभिड रोकथाम, नियन्त्रण र पराजित गर्ने गरी आउने बताए ।

बजेटलाई निरन्तरता दिँदै सबैभन्दा प्रमुख कुरा जनताको जिउधनको रक्षा गर्ने गरी कार्यक्रम ल्याउने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१