नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७८, सोमबार ०४:१५

काठमाडौं । प्रहरीले नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने एक कारखानामा छापा मारेको छ । अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखाना प्रहरीले छापा मारेको हो ।

कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए ।

स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि, वितरण भईरहेको सुचनाको आधारमा छापा मारिएको उनले बताए । एसएसपी खापुङले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाईएको पनि बताए । दोषिउपर कानुनी कारबाही अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१