काठमाडौं । प्रतिनिधि सभा विघटन गरेको सरकारले सडकमा हुने प्रदर्शनलाई रोक्न निषेधाज्ञालाई कडा बनाउने नाममा घर बाहिर निस्कन नदिन प्रशासनलाई निर्देशन गरेको छ । शनिबार गृह मन्त्रालयमा तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।
मानिसहरुलाई सडकमा निस्कन नदिन सरकारले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । सरकारले निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्देशन गरेको हो । राष्ट्रपतिबाट हालै जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिइएको बताइएको छ ।
अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्न जारी निषेधाज्ञालाई कडा बनाउने प्रशासन कार्यालयहरुले जनाएका छन् भने हालै सर्वोच्च अदालतले भने मास्कको प्रयोग नगर्नेलाई जरिवाना र होल्डिङ नराख्न प्रहरीलाई आदेश गरेको छ
प्रतिक्रिया