अध्यक्ष महन्थसहित चार नेतालाई स्पष्टीकरण सोध्ने यादव पक्षको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७८, आईतवार ०४:३९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको उक्त बैठकले राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने निर्णय गरेको हो ।

जसपा नेपालको कार्यकारिणी समितिको बैठक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शुरु भएको बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको बताइएको छ । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् । गत जेठ ४ गते आज र भोलिका लागि तोकिएको बैठक कोरोनाको कारण देखाउँदै अध्यक्ष ठाकुरले शुक्रवार स्थगित गरेका थिए भने अर्का अध्यक्ष यादवले स्थगित नभएको भन्दै बैठकको आयोजना गरे ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया