साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिले दिइन् समय (विज्ञप्ति)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७८, शुक्रबार ०५:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति विज्ञप्ति जारी गर्दै  जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएकी छन् ।

उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् । उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।

प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था उपधारा ५ मा रहेको छ ।

प्रतिक्रिया