नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ: वरिष्ठ नेता पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७८, शुक्रबार ०५:०२

काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् । नेता पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका हुन् ।

“एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन”, नेता पौडेलले भने । उनले वर्तमान अवस्थामा सम्पूर्ण राजनीतिक दललाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१