राष्ट्रपतिकाे विज्ञप्तिप्रति विपक्षीद्वारा राेष प्रकट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७८, शुक्रबार ०४:५८

काठमाडौं । नयाँ सरकारको लागि राष्ट्रपतिले दिएको भोलि साँझ ५ बजेको समयसीमा प्रति नेपाली काँग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक भएको बताएका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ ?’

प्रवक्ता शर्माले प्रधानमन्त्रीको प्रस्ताव परिपक्क हुन समय किन चाहिएन भन्दै प्रश्न पनि गरेका छन् । त्यसैगरी माओवादी केन्द्रले पनि राष्ट्रपतिको विज्ञप्तिप्रति आपत्ति प्रकट गरेको छ । उक्त पार्टीका प्रमुख सचेतक देव गुरुङले सरकारको नियत त्यति राम्रो नभएको भन्दै जसरी भए पनि संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री रहेको बताए ।’

प्रतिक्रिया