हृदयको धड्कन बढेमा यसरी गर्नुहोस् घरेलु उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७८, बिहीबार ०४:३४

— दुई चम्चा महमा १ चम्चा कागतीको रस र आधा चम्चा मिश्री मिलाई एक महिनासम्म नियमित खानाले मुटुको धड्कन बढ्ने समस्याबाट मुक्त हुन सकिन्छ ।

— सुकेको अमला मिश्रीलाई पिसी पानीसँग खानाले मुटुको धड्कन ठिक हुन्छ ।

— अमला तथा अलैँचीलाई मिलाई खानाले हृदयको धड्कन नियमित हुन्छ ।

— बिहान सबेरै उठेर खाना खानेबानी गर्नाले मुटुको धड्कन बढ्दैन ।

— २०९ ग्राम बदाम, ६ ग्राम खरबुजा, ६ ग्राम धनियाँ, ३ ग्राम गहुँ र ४० ग्राम मिश्रीलाई एकै ठाउँमा पिस्नुहोस् । पिसिसकेपछि ३०० ग्राम दुधमा मिसाउनुहोस् । त्यसपछि घ्युमा तरकारी पकाएजस्तै गरी उक्त मिश्रण पकाउनुहोस् । पाकिसकेपछि १५ दिनसम्म नियमित सेवन गर्नाले हृदय धड्कनमा एक रुपता आउँछ ।

— १० ग्राम सख्खरलाई २५० मिली दुध मिलाई खानाले धड्कन बढ्न छाड्दछ ।

— काँचो नरिवलको पानी १५ दिनसम्म नियमित सेवन गर्नाले मुटुको धड्कन नियमित स्वस्थ रहन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१