यसकारण स्थगित भयाे एमाले कार्यदलको बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७८, बिहीबार ०४:२८

काठमाडौं । विवाद समाधान गर्न बनेको नेकपा (एमाले)को १० सदस्यीय कार्यदलको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । बैठकमा सबै सदस्यहरुको उपस्थिति नभएपछि बैठक स्थगित भएको बताइएको छ ।

कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने भनिएको बैठक भोलि साँझ ५ बजे बस्ने बताइएको छ । पार्टी भित्रको अन्तरविरोधको समाधान गर्न एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ / ५ जना गरी १० सदस्यीय कार्यदल बनाइएको छ । मंगलवार पहिलो बैठक बसेको कार्यदलको समयावधी तीन दिनको रहेको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् भने वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१