पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्। उनले दीपक मनाङेसहित पुरानै अनुहार दोहोर्याएका छन् ।
बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको कार्यविभाजनमा किरण गुरुङ अर्थ, भूमि व्यवस्था, रामशरण बस्नेत भौतिक पूर्वाधार, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्रालय, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू–संरक्षण मन्त्रालय, नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय पाएका छन् ।
प्रतिक्रिया